चौबिस घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण, ३२८ जना संक्रमणमुक्त

काठमाडौँ, १ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३ सय २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार चौबिस घण्टामा ६ हजार ३ सय ८३ नमुना परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ सय ६१, ललितपुरमा ५५ र भक्तपुरमा ६३ जना गरी उपत्यकामा ३ सय ७९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ रहेको छ । त्यसैगरी आइसीयूमा ५९ जना र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेका छन् । आज मृतकको संख्या शून्य रहेको छ । यो संगै पछिल्लो एक हप्तामा मात्रै १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *