चौबिस घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण, ५२६ जना संक्रमणमुक्त

132
Shares

काठमाडौँ, ३१ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ५ सय २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ६ सय १९ नमुना परीक्षण गर्दा ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ सय ३५, ललितपुरमा २९ र भक्तपुरमा ७ जना गरी उपत्यकामा २ सय ७१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५९ रहेको छ । त्यसैगरी आइसीयूमा ६८ जना र भेन्टीलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *