चौबिस घण्टामा ८८८ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौँ, ३० साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ७ सय ३७ नमुना परीक्षण गर्दा ८सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ४ सय ७४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय ९८, ललितपुरमा ४२ र भक्तपुरमा २४ जना गरी उपत्यकामा २ सय ६४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ रहेको छ । त्यसैगरी आइसीयूमा ६४ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *