एकैदिन थपिए ९३४ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ, २३ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप एक जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २३६, ललितपुरमा ४८ र भक्तपुरमा १७ जना गरी उपत्यकामा ३ सय १जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ५ सय ९ जना र संस्थागत आइसोलेसनमा १७७ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ४७ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *