एकैदिन थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि, ५४३३ सक्रिय संक्रमित
उपत्यकामा ४२२ जना भेटिए
काठमाडौँ, १८ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३०१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ६ हजार २ नमुना परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३३७, ललितपुरमा ५३ र भक्तपुरमा ३२ जना गरी उपत्यकामा मात्रै ४२२ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार २७३ जना र संस्थागत आइसोलेसनमा १५१ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ४३ जना र भेन्टीलेरमा २ जना उपचाररत रहेका छन् । आज मृतकको संख्या शून्य रहेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com