चौबिस घण्टामा थपिए ८९५ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ, १६ साउन । पछिल्लो चौबिस घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २६४ जना निको भई डिस्चार्ज भएका छन् । आज पनि थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ९०९ नमुना परीक्षण गर्दा ८९५ जना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३७३, ललितपुरमा ६६ र भक्तपुरमा १७ जना गरी उपत्यकामा मात्रै ४५६ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार ७९२ जना र संस्थागत आइसोलेसनमा १४२ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३६ जना र भेन्टीलेरमा ५ जना उपचाररत रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *