चौबिस घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, २९७ जना संक्रमणमुक्त

काठमाडौँ, १५ साउन । पछिल्लो चौबिस घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २९७ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ८४६ नमुना परीक्षण गर्दा ६२० जना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २५२, ललितपुरमा ४६ र भक्तपुरमा १५ जना गरी उपत्यकामा मात्रै ३१३ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३५६७ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार ४२४ जना र संस्थागत आइसोलेसनमा १४३ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३३ जना र भेन्टीलेरमा ५ जना उपचाररत रहेका छन् । भने आज थप १ जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँ र ललितपुरमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, र कास्कीमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङमा सक्रिय संक्रमित शून्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *