चौबिस घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण, २७७ जना संक्रमणमुक्त

काठमाडौँ, १४ साउन । पछिल्लो चौबिस घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २७७ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ६९९ नमुना परीक्षण गर्दा ४३८ जना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार २१८ जना र संस्थागत आइसोलेसनमा १५१ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३३ जना र भेन्टीलेरमा ४ जना उपचाररत रहेका छन् । भने आज थप २ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *