चौबिस घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ, १३ साउन । पछिल्लो चौबिस घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २६९ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौँमा २१२, ललितपुरमा ५४ र भक्तपुरमा १४ जना गरी उपत्यकामा मात्रै २८० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार २०३ जना र संस्थागत आइसोलेसनमा १५३ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३४ जना र भेन्टीलेरमा ५ जना उपचाररत रहेका छन् । भने आज थप २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, ललितपुर र कास्कीमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा सक्रिय संक्रमित शून्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *