चौबिस घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण, २०२ संक्रमणमुक्त

काठमाडौँ, ११ साउन । पछिल्लो चौबिस घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २०२ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ४५४ नमुना परीक्षण गर्दा ५६४ जना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३ हजार ७९४ जना र संस्थागत आइसोलेसनमा १३५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३२ जना र भेन्टीलेरमा २ जना उपचाररत रहेका छन् । भने आज थप १ जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ र ललितपुरमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा सक्रिय संक्रमित शून्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *