चौबिस घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ, १० साउन । पछिल्लो चौबिस घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सोही अवधीमा थप २१८ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ५५ नमुना परीक्षण गर्दा ६३८ जना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १६५, भक्तपुरमा ६ र ललितपुरमा ६२ जना गरी उपत्यकामा २३३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३ हजार ५८१ जना र संस्थागत आइसोलेसनमा १३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३० जना र भेन्टीलेरमा १ जना उपचाररत रहेका छन् ।

त्यसैगरी काठमाडौँमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ र ललितपुरमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरामा सक्रिय संक्रमित शून्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *