एकैदिन थपिए ५ सय बढी कोरोना संक्रमित, १ जनाको मृत्यु

148
Shares

काठमाडौँ, ९ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ५६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ९५ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ८ सय नमुना परीक्षण गर्दा ५६८ जना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना गरी उपत्यकामा २९५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३ हजार ४ सय ७ जना र संस्थागत आइसोलेसनमा १२७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा २७ जना र भेन्टीलेरमा २ जना उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *