चौबिस घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, ८ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३४७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ९५ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ जना संक्रमण पुष्टि भएको हो । जसमा २ हजार ३६० जनाको पीसीआर नमुना परीक्षण गर्दा ३०३ र १ हजार ५२८ सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४४ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १६९, भक्तपुरमा १२ र ललितपुरमा ३५ जना गरी उपत्यकामा २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १७७ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३ हजार ३५ जना र संस्थागत आइसोलेसनमा १४२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा २२ जना र भेन्टीलेरमा २ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *