थपिए ३३५ जना कोरोना संक्रमित, २९७१ सक्रिय संक्रमित

काठमाडौँ, ७ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३३५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ८६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ९९६ नमुना परीक्षण गर्दा ३३५ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ८८ जनाको पीसीआर नमुना परीक्षण गर्दा २१६ र १ हजार ९०८ सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११९ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०८, भक्तपुरमा ५ र ललितपुरमा ३८ जना गरी उपत्यकामा १५१ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९७१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ हजार ८३२ जना र संस्थागत आइसोलेसनमा १३९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा २५ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *