थप ३९१ जनामा कोरोना संक्रमण, २२७६ सक्रिय संक्रमित

उपत्यकामा २१६ जना थपिए

काठमाडौँ, ४ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३९१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ४६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ३ हजार ९८१ नमुना परीक्षण गर्दा ३९१ जना संक्रमण पुष्टि भएको हो । जसमा २ हजार ५६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३४० र १ हजार ४१९ सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५१ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १८५, भक्तपुरमा ९ र ललितपुरमा २२ जना गरी उपत्यकामा २१६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार २७० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ हजार १४३ जना र संस्थागत आइसोलेसनमा १३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा २१ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *