बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा रौनियारको निधन

काठमाडौँ, ३ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्राडा राजकुमार रौनियारको निधन भएको छ।

भारतमा आफन्तलाई भेट्न गएका बेला मंगलबार विहान १० बजे उनको निधन भएको हो । आफन्तले उनको मृत्युको कारण मस्तिष्कघात भनेका छन् ।

आफन्त डा विकास गुप्ताका अनुसार डा रौनियार केही दिन अघि मात्रै भारतमा रहेका आफन्त भेटन त्यसतर्फ गएका थिए । ‘त्यहि नै उहाँको निधन भयो भन्ने जानकारी आएको छ । स्ट्रोक भयो भन्ने सुनेको छु,’ उनले भने ।

डा रौनियारलाई पहिले देखि नै मधुमेह र मिर्गौलाको समस्या थियो । तर त्यसको उपचार गरेर पछिल्लो समय सामान्य रुपमा जीवन यापन गरेका थिए ।

पछिल्लो समय विशेष अदालतबाट सफाई पाएपछि उनले साउनको अन्तिमबाट प्रतिष्ठानको काममा फर्कने तयारी गरेका थिए ।

उनको पार्थिव शरीरलाई आफन्तले बुधबार विहानसम्म घरमा ल्याएर दुहबीस्थित बुढीखोलामा अन्तेष्टि गर्ने तयारी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *