एकैदिन थप ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

उपत्यकामा मात्रै २१८ जना थपिए

 

काठमाडौँ, २ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४५७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ४८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ६५१ नमुना परीक्षण गर्दा ४५७ जना संक्रमण पुष्टि भएको हो । जसमा २ हजार ३४१ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३८६ र २ हजार ३१० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७१ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १६३, भक्तपुरमा १० र ललितपुरमा ४५ जना गरी उपत्यकामा २१८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार ७०१ जना र संस्थागत आइसोलेसनमा ७५ जना रहेका छन् ।

त्यस्तै संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १५ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । भने आज पनि थप १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *