लुम्बिनी प्रदेशले मन्त्रालयको नाम परिवर्तन गर्यो, स्वास्थ्यको पनि फेरियो

बुटवल, १ साउन । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य मन्त्रालय बनाईएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले बताए ।
त्यसो त बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालय नामाकरण गरेको छ ।
यस्तै कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम परिवर्तन गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राखेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



