चौबिस घण्टामा थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, १ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १३५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ५९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ४७३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ११४ र १ हजार ५६८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २१ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४३, भक्तपुरमा २ र ललितपुरमा ९ जना गरी उपत्यकामा ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४३९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार ३७० जना र संस्थागत आइसोलेसनमा ६९ जना रहेका छन् ।

त्यस्तै संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १८ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । भने आज थप १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *