चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई कोरोना संक्रमण, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ, ३१ असार । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी कोभिड संक्रमणमा परेका छन् । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

लक्षण सहितको संक्रमण देखिएपछि उनलाई तीन दिन अघि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

‘कोभिड पोजेटिभ, रुघा खोकी ज्वरो र पखला समेत देखा परेपछि उहाँलाई परिवारले अस्पताल ल्याएको हो । अहिले त अवस्था सामान्य हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो ।

पछिल्ला दिनमा देशभर कोभिड १९ को संक्रमण बढ्दै गएको छ । आज मात्रै काठमाडौँ उपत्यकामा ९१ सहित २२९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *