एकैदिन थपिए २६० जना कोरोना संक्रमित, ४८ जना डिस्चार्ज

काठमाडौँ, ३० असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २६० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ४८ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजजारी गरेको बिबरण अनुसार ३८४४ नमुना परीक्षण गर्दा २६० जना संक्रमण पुष्टि भएको हो । जसमा २ हजार २७ जनाको पीसीआर नमुना परीक्षण गर्दा २१४ र १ हजार ८१७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४६ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार १४८ जना र संस्थागत आइसोलेसनमा २३ जना रहेका छन् ।

त्यस्तै संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *