चौबिस घण्टामा थपिए २०६ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या हजार नाघ्यो

116
Shares

काठमाडौँ, २९ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २०६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ४५ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २ हजार ८२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १७७ जनामा र १ हजार ९३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय , भक्तपुरमा ७ र ललितपुरमा १८ गरी उपत्यकामा १२५ जना थपिएका छन् । उपत्यकामा मात्रै ६९४ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ९८४ जना र संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् ।

त्यस्तै संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १२ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *