थप १०२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

88
Shares

काठमाडौँ, २५ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १०२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ३१ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ५ सय ३९ जनाको पीसीआर नमुना परीक्षण गर्दा ७२ जनामा र १ हजार ७६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ६ सय ५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ सय ९६ जना र संस्थागत आइसोलेसनमा ९ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ६ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *