ललितपुर महानगरका प्रमुख चिरीबाबुलाई कोरोना संक्रमण

काठमाडौँ, २४ असार । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन कोरोना भाइरसको संक्रमणमा परेका छन् । उनमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले नगरप्रमुख महर्जन अहिले घरमा नै स्वास्थ्य लाभ गरिरहेको बताए ।

उनले नगरप्रमुख महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *