थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

काठमाडौँ, २३ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । हिजो बुधबार ११३ जना थपिएका थिए । यही अवधीमा थप २३ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ३ सय ८४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ६० जनामा र २ हजार १ सय ३१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २२, र ललितपुरमा १८ गरी उपत्यकामा ४० जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ सय ८ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ सय १ जना र संस्थागत आइसोलेसनमा ७ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ७ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *