थप २ जनामा हैजा संक्रमण पुष्टि, संक्रमितको संख्या २१ पुग्यो

72
Shares

काठमाडौँ, २२ असार । भक्तपुर र हेटौँडामा गरी थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यो संगै  हैजा संक्रमितको संख्या २१ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका  निर्देशक डा. चुमनलाल दासले दिएको जानकारी अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका वडा न.४ दुवाकोटका १ र हेटौंडा नगरपालिकामा १ जना हैजाका संक्रमित भेटिएका हुन् ।

दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ उपत्यकामा हालसम्म बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) कागेश्वरी मनहरा, टेकु, किर्तिपुर, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *