एकैदिन थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ११३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २० जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार १ हजार ५ सय ९९ जनाको पीसीआर नमुना परीक्षण गर्दा ९० जनामा र १ हजार १ सय ७५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३८, र ललितपुरमा ९ गरी उपत्यकामा ४७ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४ सय ७१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ सय ६९ जना र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा १ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *