चौबिस घण्टामा थप ४४ जनामा कोरोना संक्रमण, ३१४ सक्रिय संक्रमित

काठमाडौँ, १८ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १६ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार २०१ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३३ जनामा र १ हजार २६६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टी भएको हो

देशभर सक्रिय संक्रमितको संख्या ३ सय १४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३ सय ७ जना र संस्थागत आइसोलेसनमा ७ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *