चौबिस घण्टामा थप ५५ जनामा कोरोना संक्रमण, २८० सक्रिय संक्रमित

काठमाडौँ, १६ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ५५ जना कोरोना संक्रमित थपिएका छन् । हिजो बुधबार ६२ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ५३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३६ जनामा र १ हजार १६६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टी भएको हो

त्यसैगरी आज थप १७ जना निको भई डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २ सय ८० रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ सय ७४ जना र संस्थागत आइसोलेसनमा ६ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *