यसबर्षको रोटरी जोर्नो अवार्ड (स्वास्थ्य)बाट सृजना बराल पुरस्कृत
काठमाडौँ, १५ असार । रोटरी जोर्नो अवार्ड (२०२१ – २०२२) स्वास्थ्य विधाबाट स्वास्थ्य पत्रकार सृजना बराल पुरस्कृत भएकी छन् ।
रोटरी इन्टरनेशनल नेपालले हरेक बर्ष प्रदान गर्ने उक्त अवार्डबाट यसवर्ष हिमालयन टेलिभिजनमा कार्यरत स्वास्थ्य पत्रकार बराल पुरस्कृत भएकी हुन् ।
मंगलबार राजधानीमा आयोजित विशेष समारोहमा रोटरीले बराल सहित रोटरीले शिक्षा विधाबाट बालमुकुन्द आचार्य, वातावरण विधाबाट राजेश घिमिरे, आर्थिक विधाबाट भिम गौतम, महिला र विकास विधाबाट कविता श्रेष्ठलाई पुरस्कृत गरेको छ ।
समारोहमा वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पुरस्कृत हुने पत्रकारहरुलाई रोटरी इन्टनेशनल नेपालका डिस्ट्रिक गभर्नर सन्तोष रिजालले सम्मान गरेका थिए । पुरस्कारको राशी २५ हजार रुपैयाँको छ ।
सम्पर्क इमेल : [email protected]