वीपी प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने

काठमाडौँ, १४ असार । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ ।

प्रतिष्ठानले सोमबार एक सूचना जारी गर्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निणर्य गरेको हो ।

प्रतिष्ठानले २०७४ श्रावणदेखि बीमा कार्यक्रम लागू गरेको थियो। प्रतिष्ठानले दाबी गरेको शोधभर्नालाई सहजीकरण नगरि एकतर्फी रुपमा विविध शर्त बन्देजहरु लगाई दावीहरुलाई कम मुल्यांकन गरि स्वास्थ्य बीमा बोर्डले रद्द गरेको प्रतिष्ठानको आरोप छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *