चौबिस घण्टामा थप ४४ जनामा कोरोना संक्रमण, २२९ सक्रिय संक्रमित

काठमाडौँ, १४ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ८५२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३८ जनामा र ९४६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या २ सय २९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ सय २३ जना र संस्थागत आइसोलेसनमा ६ जना रहेका छन् ।
त्यसैगरी आइसीयूमा २ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



