विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

काठमाडौँ, १२ असार । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ ।

उनी यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन् । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन् ।

आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिएका छन् । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष दाहालले देशका लागि तामाङले पुुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *