तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीद्धारा रक्तदान

काठमाडौँ, १२ असार । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नैकापले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । चन्द्रागिरी नगरपालिका १४ नैकापमा आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

सो अवसरमा रक्तदानको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सहकारीका अध्यक्ष मनोजकुमार थापाले नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यलार्य सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै समाजका अध्यक्ष कर्माचार्यले कोभिड -१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई क्रमशः न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि आफूहरुले रक्तदानलाई आभियानकै रुपमा चलाएको बताए । उनले आफूहरुको अभियानलाई सहकारीले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे ।

सो अवसरमा कर्माचार्यले रक्तदान गर्ने दाताहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *