चौबिस घण्टामा थप २७ जनामा कोरोना संक्रमण, १६ जना डिस्चार्ज

काठमाडौँ, ११ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९३७ जनाको पीसीआर नमुना परीक्षण गर्दा २३ जनामा र ८६५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ८८ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय ८१ जना र संस्थागत आइसोलेसनमा ७ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *