५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप : ललितपुर महानगरले आज देखि सुरु गर्दै

ललितपुर, १० असार । ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ । काठमाडौं महानगरपालिकामा भने बालबालिकाहरुलाई बिहीबार (हिजो) देखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको थियो ।

ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबार बाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन हुने छ ।

महानगरले आज १० असारका दिन वडा नम्बर १, २ र ३ का बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिइने बताएको छ । यस्तै १२ असारका दिन वडा नम्बर ४, ५, ६ र ७ मा, १३ असारका दिन वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सञ्चालन हुने बताईएको छ ।

यस्तै १४ असारमा वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा र १५ असारमा वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सञ्चालन हुने छ ।

खोप कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म हुने ललितपुर महानगरपालिकाले जनाएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *