चौबिस घण्टामा थपिए ४९ जना कोरोना संक्रमित, १२ जना निको भए

काठमाडौँ, ९ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार २३४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३३ जनामा र १ हजार २६० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमध्ये काठमाडौँमा ११ जना, भक्तपुरमा १ जना र ललितपुरमा १५ जना गरी उपत्यकामा मात्रै २७ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय ६० जना र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *