‘रेबिजबिरुद्धको खोपको अभाव छैन’

116
Shares

काठमाडौँ, १४ असार । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतका सरकारी अस्पतालमा रेबिजबिरुद्धको खोप अभाव भएका समाचारले आम नागरिकमा चिन्ता थपेका बेला औषधी आयात गर्ने फर्म आयान लाइफकेयर प्रालिले खोपको अभावको चिन्ता नलिन आग्रह गरेको छ ।

आयानले आफूसंग अहिले पनि १ हजार बढी भाइल एन्टी रेविज भ्याक्सिन मौज्दात रहेको भन्दै आवश्यक परेका व्यक्तिले सम्पर्क राख्न सक्ने जनाएको छ ।

नेपाल औषधी आयातकर्ता संघका सदस्य समेत रहेका आयान लाइफ केयरका डा. अबुल हुसेन अन्सारीले आफूहरुले बंगलादेशको इन्सेप्टा फर्मास्युटिकल्स कम्पनीबाट एक हजार भाइल खोप आयात गरेको भन्दै आवश्यक परेमा थप खोप आयात गर्न आफूहरु सक्षम रहेको बताए । ‘रेबिज खोप अभावको कारण अब कुनै नेपालीले ज्यान गुमाउनु पर्दैन, यो खोप हामीले उपलब्ध गराइसकेका छौं,’ डा. अन्सारीले भने ।

त्यसो त आयान लाइफ केयर अभावका बेलामा औषधी उपलव्ध गराउने संस्थाको रुपमा समेत परिचित छ । गत महिना क्यान्सरका बिरामीका लागि अत्यावश्यक पर्ने औषधी कार्बोप्लाटिन अभाव भएका बेला यहि कम्पनीले सुरुमै बंगलादेशबाट औषधी आयात गरेको थियो ।

अघिल्ला वर्षहरुमा डेंगीको महामारीमा सिटामोल आयात होस या कोभिड महामारीका बेला रेम्डेसिभिर आयात गर्ने काममा होस आयान एक कदम अघि बढेर औषधी उपलव्ध गराउँदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *