बुधबार थपिए ३१ जना कोरोना संक्रमित, १० जना संक्रमणमुक्त

काठमाडौँ, ८ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार १ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गर्दा २८ जनामा र ८५० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ४२ रहेको छ । त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.