चौबिस घण्टामा थपिए १९ जना कोरोना संक्रमित, १० जना निको भए
काठमाडौँ, ७ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ७३१ जनाको पीसीआर नमुना परीक्षण गर्दा १४ जनामा र १ हजार ८३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय २४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय २१ जना र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन् ।
त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]