चौबिस घण्टामा थपिए २८ जना कोरोना संक्रमित, १० जना निको भए

काठमाडौँ, ६ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १ हजार ८६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा २० जनामा र २ हजार ५२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय २० रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय १७ जना र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *