जीवनभर भुटानी शरणार्थीको सेवा गरेका डा. भम्पा राईको निधन

झापा, ५ असार । जीवनभर भुटानी शरणार्थीको सेवा गरेका वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राईको निधन भएको छ।

लामो समय उनी विभिन्न रोगले ग्रसित थिए। उनी परिवारका सदस्य सबैको मृत्यु भएपछि झापाको दमकमा एक्लै बस्दै आएका थिए।

७२ बर्षिय राइको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा गएराति उनको निधन भएको हो।

अवस्था जटिल बन्दै गएपछि दमकको लाइफलाइन अस्पतालबाट उनलाई बिराटनगर रेफर गरिएको थियो। डा.राई भुटानको पहिलो शल्य चिकित्सक थिए।

भुटानले नेपालीभाषी भुटानीलाई देश निकाला गरेपछि उनी पनि उनीहरूसँगै नेपाल थिए। जीवनभर उनले शरणार्थी निस्शूल्क उपचार गर्दै आएका थिए।

डा. राईले सन् १९७९ देखि भुटान सरकारको कन्सल्टेन्ट सर्जनको रूपमा काम गर्दै आएका थिए।

बाङ्ग्लादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डा.राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न थिए।

राईको आइतबार दमक नजिकै पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *