मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

448
Shares

काठमाडौँ, ३ असार । मंकीपक्सको आशंका गरी टेकु अस्पतालमा भर्ना गरिएका एक युवकमा कुष्ठरोग भएको पाइएको छ । अस्पतालले हिजो र आज गरेको प्रयोगशाला परीक्षण र ड्रमाटोलोजिष्टहरुको टीमले गरेको अनुसन्धानले संक्रमण मंकीपक्सको नभई कुष्ठरोग भएको पत्ता लागेको हो ।

मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक हिजो दुबईबाट नेपाल आएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले उनलाई मंकीपक्सको आशंकामा सिधै टेकु अस्पताल रिफर गरेका थिए ।

‘सुरुमा मंकीपक्स हो कि जस्तो देखिएको थियो । तर परीक्षणबाट कुष्ठरोग भएको पुष्ठि भएको छ । त्यसको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराईसकिएको छ,’ अस्पताल उच्च स्रोतले भन्यो ।

मन्त्रालयले केही बेरमा त्यसबारेमा रिपोर्ट सार्वजनिक गर्ने बुझिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *