मलेसियामा २४ घन्टामा २ हजार भन्दा बढीमा कोरोना संक्रमण, पाँचको मृत्यु

44
Shares

क्वालालम्पुर, २ असार । मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ ।

तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ ।
सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *