भारतमा म:म खाँदा एक व्यक्तिको मृत्यु

880
Shares

काठमाडौँ, १ असार । भारतमा म:म खाँदा एक ब्यक्तिको मृत्यु भएको छ। नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का फोरेन्सिक विशेषज्ञहरूले पोस्टमार्टम परीक्षण पछि देशमा पहिलो पटक यस्तो घटना भएको बताए ।

दक्षिण दिल्लीको एक रेस्टुरेन्टमा एक ५० वर्षीय पुरुषले म:म खाइरहेका थिए। अचानक भुईँमा लडेर उनको मृत्यु भयो। पोस्टमार्टमा उनको घाँटीमा म:म अड्किएको भेटियो। पेटमा रक्सी पनि थियो । ममस् खाँदा उनी मातेको हुन सक्ने सम्भावना छ । फरेन्सिक विभागका प्रमुख डा सुधीर गुप्ताले यो घटना निकै दुर्लभ भएकोले यसबाट पाठ लिनुपर्ने बताए ।

डा अभिषेक यादवले पोस्टमार्टममा मृतकको वायु नलीको शुरुमा म:मभेटिएको बताएका छन् । खाना खाने क्रममा श्वास नली अवरुद्ध भएर अप्रत्याशित मृत्यु भएको यो पहिलो घटना भने होइन । विश्वमा १२.२ मिलियन मध्ये एक जनाको मृत्यु खानाको समयमा श्वासप्रश्वासमा अवरोधका कारण हुने गरेको छ ।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ ।

उनको मृत्युको कारक म:म पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ ।
एजेन्सी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *