राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले १७ औं स्थापना दिवस मनायो

'रक्त सञ्चार सेवालाई पूर्ण रुपमा निशुल्क गरिनुपर्छ'
404
Shares

काठमाडौँ, २८ जेठ ।  रक्त सञ्चार सेवालाई पूर्ण रुपमा निशुल्क गरिनुपर्छ भन्ने मुद्धा उठाउँदै आएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको केन्द्रीय समितिले आफ्नो १७ औँ स्थापना दिवसको अवसर शुक्रबार वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

महावौद्यस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन महासंघका अध्यक्ष डा झलक गौतमले गरेका थिए । उनले रक्तदान जीवनदान हो भन्दै बिरामीको लागि दानबाट प्राप्त हुने रगतको लिनका लागि कुनै पनि नाममा कसैसंग शुल्क लिन नहुने बताए ।

यसैगरि महासंघले जसको कोहि हुदैनन् ,जसका केही हुदैनन् ,उसैको सेवामा समर्पित मानब सेवा आश्रम रानीवन काठमाडौंमा रहेका सहयोगापेक्षी नागरिकहरूलाई खाद्यान्न सामग्री बितरण गरेको छ ।

सोही अवसरमा त्यहाँ रहेका नागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । सो अवसरमा उनीहरुलाई आवश्यक औषधि निशुल्क रुपमा वितरण गरिएको थियो ।

सो कार्यक्रममा समेत केन्द्रीय अध्यक्ष डा गौतम केन्द्रीय उपाध्यक्ष भिम राज सिंह, शारदा खनाल, जगत नेपालीको उपस्थिति थियो । यस्तै महासचिव डा. सन्तोष पौडेल, उप महासचिव हिमालय तिवारी, सचिब रूपा केसी लगायत केन्द्रीय सदस्यहरुको उपस्थित रहेको थियो ।

यसैबीच महासंघले शुक्रबार बेलुका वीर अस्पताल परिसरमै दीप प्रज्वलन गरि १७ औं बार्षिकोत्सव कार्यक्रम समापन गरेको प्रसार तथा प्रकाशन विभाग सचिव नहर्बु फुर्वा दोर्जेले बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *