चौबिस घण्टामा थपिए १७ जना कोरोना संक्रमित, ७ जना संक्रमणमुक्त

काठमाडौँ, २७ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार १ हजार ९१५ जनाको पीसीआर नमुना परीक्षण गर्दा ७ जनामा र १ हजार १५५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *