चौबिस घण्टामा थपिए १६ जना कोरोना संक्रमित, ८ जना संक्रमणमुक्त

काठमाडौँ, २५ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार १२१ जनाको पीसीआर नमुना परीक्षण गर्दा १० जनामा र ९१९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमध्ये काठमाडौँमा २, भक्तपुरमा १ र ललितपुरमा १ जना गरी उपत्यकामा ४ जना थपिएका छन् ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय ९ जना र संस्थागत आइसोलेसनमा शून्य रहेका छन् । भने आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या पनि शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *