महिला कर्मचारीलाई ९८ दिन तलव सहितको प्रसूति विदा दिनुहोस् : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीहरुलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई अनुरोध गरेको छ ।

कतिपय सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नदिएको गुनासो आएको भन्दै मन्त्रालयले विदा दिनका लागि अनुरोध गरेको हो ।

उसले सुत्केरी हुनु अघि वा पछि गरी कुल ९८ दिनको प्रसूति विदा तलवी हुनुपर्ने स्पष्ट पारेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।

मन्त्रालयले सोही व्यवस्था अनुसार तलवी विदा दिन संघ संस्थालाई अनुरोध गरेको हो ।

महिला अधिकारकर्मी र स्वास्थ्यकर्मीहरुले यो विदालाई बढाएर ६ महिना पु¥याउनुपर्ने भन्दै आएका छन् ।

मन्त्रालयले त्यसका लागि कानून संसोधनको तयारीमा रहेको बताउँदैका आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *