चौबिस घण्टामा थपिए २८ जना कोरोना संक्रमित ९ जना संक्रमणमुक्त
काठमाडौँ, २४ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप २८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ९जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार १२० जनाको पीसीआर नमुना परीक्षण गर्दा ७ जनामा र १ हजार २५६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ७ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय ७ जना र संस्थागत आइसोलेसनमा शून्य रहेका छन् । भने आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या पनि शून्य रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]